राष्ट्रपति भण्डारीको कार्यकाल सफल : अध्यक्ष ओली

काठमाडाैं | फागुन २४, २०७९

राष्ट्रपति भण्डारीको कार्यकाल सफल : अध्यक्ष ओली

काठमाडौं:  नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । राष्ट्रपति भण्डारीको कार्यकाल सफल, उत्कृष्ट र मर्यादित रहेको उहाँको भनाइ छ ।

 

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सफल कार्यकालको मूल्याङ्कन गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा भण्डारी निर्वाचित हुनु भएको उहाँले स्मरण गर्नुभयो । उहाँको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाका लागि गर्वको विषय भएको अध्यक्ष ओलीले बताउनुभयो । भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुुनु सामान्य विषय नभएको उहाँको भनाइ छ । 

 

 

अध्यक्ष ओलीले भन्नुभयो, ‘आज महिला दिदीबहिनीहरुले गौरव गर्नुपर्दछ कि भण्डारीजस्तो महिला नेतृले त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्र प्रमुखको हैसियतमा भूमिका निर्वाह गर्नुभयो ।” भोजपुरको एउटा गाउँमा जन्मिएर, गाउँको पाठशालाको शिक्षादिक्षाबाट आएर त्यस्तो ठाउँमा पुग्नु संघर्ष र लगनीशलताको उपज भएको उहाँको भनाइ छ । 

 

 

अघिल्लो कार्यकालको उहाँको सफल र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि निर्वाचित गरिएको उहाँले स्मरण गर्नुभयो । मुलुकले उहाँजस्तो सक्षम महिला राष्ट्रपति पाउनु गौरवको विषय भएको उहाँले चर्चा गर्नुभयो । महिला आन्दोलनकै कारण नेपालको इतिहासमा प्रथम महिला राष्ट्रपतिको उपमा पाउनु भएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले महिला अव प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास गर्न उहाँले सुझाव दिनुभयो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्